खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना पक्राउ

 साउन २३, २०७८ शनिबार ९:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाण्डौले कलङ्कीको खसी बजारबाट चार जनालाई पक्राउ गरेको छ । 

खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको बिहार बहराई घर भइ कलङ्की बस्दै आएका मासु पसलका सञ्चालक ६७ वर्षीय गुलाम रसोल क्रोसिलसहित चार जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा रसोलसहित बिहार बहराईकै २५ वर्षीय जवीर क्रोसिल, २१ वर्षीय जावीर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका प्रहरीले जनाएको छ । उनीहरुले बाख्रीको मासुलाई खसीको मासुसँगै मिसाएर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।  

उनीहरुको साथबाट बिक्रीका लागि राखिएको १५ वटा जिउँदा बाख्री र काटेर राखिएको दुई वटा बाख्रीको मासु बरामद गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ताका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया