थप ३ हजार ६ सय ५१ जनामा काेराेना पुष्टि, परीक्षण गरिएका मध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण

 साउन २५, २०७८ सोमबार १७:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार चार सय ४५ जनाको पीसीआर र ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा कुल परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएकाे हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ८४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । 

यही अवधिमा थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ । 

अहिले नेपालमा ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।   

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया