पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - बाढी पहिरोका कारण सडक अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा वैकल्पिक सडकमार्फत गाडी चलाउन थालिएको छ ।
बाढीका कारण हेलम्बुमा मुख्य सडक सम्पर्क टुटे पछि वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्ने प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि नै खनिएका ग्रामीण सडकलाई मर्मत गरी ग्राभेल गरेर गाडी चलाउन थालिएको हो । हेलम्बु र काठमाण्डौलाई जोड्न साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार भएकाे छ ।
पाटी भञ्जाङ हुँदै काठमाण्डौको साँखु र सुन्दरीजल निस्कन सकिन्छ । यस्तै, सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म गाडी चलाउने तयारी गरिएको छ ।
हेलम्बुबाट मेलम्चीसँग सिधा सडक सञ्जाल नभए पनि वैकल्पिक बाटो प्रयोग गरी आवतजावतका लागि व्यवस्था मिलाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यस्तै इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको छ। पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाण्डौ जाने वैकल्पिक बाटो मर्मत थालिएको छ ।
गएकाे १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यहाँबाट चौतारा हुँदै काठमाण्डौ पुग्न सकिने छ ।
पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले पनि वैकल्पिक बाटो बनाउन जुटेको छ । नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीका अनुसार तत्काल फटकशीलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो ।
किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको मर्मत गरी खुलाउने प्रयास थालेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । गएको १६ गते र असार १ गतेको बाढी पहिरोले सडक सम्पर्क टुटे पनि हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिका वैकल्पिक सडक सञ्चालनमा जुटेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।