नाङ्लो रेष्टुरेन्टका संस्थापक कक्षपतिको निधन

 साउन २६, २०७८ मंगलबार ९:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा नाङ्लो फास्ट फुड चेनको सुरुवात गरेका सुन्दर लाल कक्षपतिको निधन भएको छ । 

नाङ्लो रेष्टुराँ मार्फत् व्यवसाय सुरुवात गरेका कक्षपतिकाे ७० वर्षकाे उमेरमा हिजाे दिउँसाे निधन भएकाे हाे । 

मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्यान्डमा उपचार भइरहेकाे थियाे । थाइल्यान्डमा उपचारका क्रममा उहाँको निधन भएको हो ।  

उहाँले सुस्त मनस्थितिका व्यक्तिहरूलाई  रोजगारी प्रदान गर्दै चर्चामा समेत आउनु भएकाे थियाे।  कक्षपति शुभ तारा स्कुलका पनि संस्थापक हुनुहुन्थ्याे । 

कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया