‘ओली सरकारले देशमा झन्डै १० खर्ब रुपैयाँ ऋण बढाएर उपलब्धि निकै कम गरेछ’

 साउन २६, २०७८ मंगलबार १६:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै संसदमा आर्थिक श्वेत पत्र प्रस्तुत गर्नुभएको छ । अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४/०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको छ ।

श्वेत पत्रमा ओली सरकारले साढे तीन वर्षको अवधिमा देशलाई ऋण बोकाउने काम गरेको र ऋण लिए अनुसारको उपलब्धि हासिल नभएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२ दशमलव ७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा दुई सय ५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४० दशमलव ५ प्रतिशत पुगेको श्वेत पत्रमा उल्लेख छ । 

कुल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नाै खर्ब २८ अर्ब बाह्य ऋण रहेको छ ।

श्वेत पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक ऋण दुई खर्ब २४ अर्ब र वैदेशिक ऋण एक खर्ब ४० अर्ब गरी जम्मा तीन खर्ब ६४ अर्ब अर्थात् कुल सङ्घीय खर्चको ३० दशमलव ८ प्रतिशत परिचालन भएको छ । यसरी सार्वजनिक ऋण उल्लेख्य रूपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन ।’

सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने र विकास वित्त परिचालनका लागि उच्च लागत पर्न जाने देखिने श्वेत पत्रमा उल्लेख छ ।

‘उच्च दरमा हुने आन्तरिक ऋण परिचालनले निजी क्षेत्रको वित्तीय साधनको उपलब्धतामा समेत नकारात्मक प्रभाव पर्न जाने देखिन्छ । बढ्दो सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनुपर्ने परिस्थिति निर्माण हुने खतरासमेत रहेको छ’, श्वेत पत्रमा भनिएको छ ।   

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया