पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – पछिल्लो २४ घन्टामा झन्डै पाँच हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार दुई सय १७ जनाको पीसीआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन गरी १९ हजार एक सय २३ जनाको परीक्षण गर्दा चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९१ हजार नाै सय १० जना पुगेको छ ।
यस्तै थप दुई हजार एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ ।
यही अवधिमा काेरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० जना पुगेको छ ।
अहिले नेपालमा ३७ हजार तीन सय ३२ जना सक्रिय सङ्क्रमित रहेकोमा सात सय ७१ जनाको आईसीयू र एक सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।