युरोपेली ६ देशद्वारा अफगान आप्रवासीको निर्वासन नरोक्न आग्रह

 साउन २७, २०७८ बुधबार ६:३०:५२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – युरोपेली संघ ईयूका ६ देशले अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, बेल्जियम, ग्रीस र नेदरल्याण्डका सरकारले युरोपली संघको कार्यकारी निकायसँग शरणसम्बन्धी कानुन अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भए स्वदेश फिर्ता पठाउने अनुमति दिनुपर्ने बताएका एएफपीले जनाएको छ ।

यसअघि अफगानिस्तानले जुलाईमा यूरोपेली देशलाई तीन महिनासम्मका लागि अफगान प्रवासीलाई जबर्जस्ती आफ्ना नागरिकलाई देश नपठाउन आग्रह गरेको थियो । जुलाई ११ मा अफगानिस्तानले गरेको अपिलपछि स्वीडेन र फिनल्याण्डले अफगान शरणार्थीलाई जबर्जस्ती फिर्ता गर्न रोकेका थिए ।

तालिबान विद्रोही र सरकारी सेनाबीच अफगानिस्तानमा लडाइँ हुँदै आएको छ । दशौँ हजार मानिस आफ्नो घर छोडेर भाग्न र विभिन्न देशमा शरण लिन बाध्य भएका छन् ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया