रसुवामा रेन्बो ट्राउट माछाका ४० हजार भुरा बिक्री

 साउन २७, २०७८ बुधबार ८:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा एक वर्षमा रेन्बो ट्राउट माछाका ४० हजार भुरा बिक्री भएका छन् । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले अण्डा तथा भुरा उत्पादन गरेर विभिन्न जिल्लामा पठाउने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारका लागि रेन्बो ट्राउट माछाको अण्डा ७४ हजार र ४० हजार वटा भुरा बिक्री गरेको हो । केन्द्रले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ र चितवनमा बिक्रि गरेको हो । कोरोना महामारीका कारण किसानहरू केन्द्रमा आउन नसकेका र केन्द्रबाट किसानको फर्ममा जान कठिन हुँदा लक्ष्यको तुलनामा केही कम बिक्री भएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो । 

केन्द्रमा अहिले जापानिज रेन्बो ट्राउट माउ माछा २ सय ३६ वटा, जापानिज रेन्बो ट्राउट हुर्कौला माछा ८ सय १० वटा, जापानिज रेन्बो ट्राउट भुरा माछा १ हजार ७ सय ४० वटा, चिनियाँ रेन्बो ट्राउट (दानासेन) माउ माछा ४६ वटा, चिनिया रेन्बो ट्राउट (सुइकी–१०) भुरा माछा ४ हजार ४ सय वटा र न्यानो पानीमा पालन गरिने कमन कार्प माछाको ५ हजार भुरा रहेका छन् ।

रेन्बो ट्राउट माछा पालनलाई उपयुक्त मानिएको नेपालका पहाडी, हिमाली र मध्यपहाडी गरि ५८ वटा जिल्लामध्ये ३८ वटा जिल्लामा विस्तार भइसकेको पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया