अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

 साउन २८, २०७८ बिहीबार १४:१०:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घ(यूएन) ले पछिल्ला केही हप्तायता अफगानिस्तानमा चलिरहेकाे हिंसाका कारण त्यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घले भर्खर मात्रै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ । 

अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन सुरु भएसँगै तालिबानीले त्यहाँका विभिन्न सहर नियन्त्रणमा लिन थालेको समाचार बाहिर आइरहेका छन् । यही कारण त्यहाँ दिन प्रतिदिन हिंसा भइरहेकाे छ । त्यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकाले उनीहरू भाग्न बाध्य भएका छन् ।

यो वर्षमात्र हिंसामा परेर झन्डै चार लाख नागरिक विस्थापित भइ उनीहरू देशभित्रै आन्तरिक शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् ।

अहिले त्यहाँका विस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् । 

त्यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो सङ्ख्यामा विस्थापित भएर विभिन्न सहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

अहिले अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि त्यहाँको सरकारी सेना र तालिबानबीचमा सङ्घर्ष चलिरहेकाे छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया