अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा तालिबान बलियो

 साउन २८, २०७८ बिहीबार १९:४७:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ । तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

आज बिहीवार तालिबानले निकै रणनीतिक महत्त्वको मानिएको गजनी सहरलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको राजधानी काबुल जोड्ने मुख्य मार्गमा पर्ने गजनी सहर नै नियन्त्रणमा लिएपछि तालिबानलाई काबुल नियन्त्रण गर्न सहज हुन सक्ने खबरमा उल्लेख गरिएको छ । 

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किएसँगै तालिबान बलियो अवस्थामा पुगेको छ भने सरकारी सुरक्षा फौज नाजुक बन्दै गएको छ । विद्रोहीहरू दिनदिनै प्रान्तीय राजधानी नियन्त्रण गर्दै अघि बढेका छन् र उनीहरूलाई रोक्न सरकारी सुरक्षा फौजलाई मुस्किल परिरहेको छ । 

हिजो हेल्मन्डकाे राजधानी लश्कर गाह नियन्त्रण गरेका तालिबानले कान्दहारमा पनि सुरक्षा फौजमाथि आक्रमण गरेका थिए । 

संयुक्त राष्ट्र सङ्घका अनुसार गएको महिनामात्रै अफगानिस्तानमा एक हजार जना सर्वसाधारण मारिएका छन् । लाखौँ नागरिक घर छाडेर सुरक्षित ठाउँतर्फ गइरहेका र कतिपय भोकभोकै रहेको पनि खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया