झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - केही दिनअघि लगातारजसो घटेको सुनको भाउ आज फेरि बढेको छ ।
आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।
बजार अस्थिर भइरहेकाले अब भाउ घट्ने या बढ्ने यसै भन्न नसकिने उहाँको भनाइ छ । आज चाँदीको भाउ भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।