शेयर धितो राखेर ऋण प्रवाहमा कडाइ

 साउन २९, २०७८ शुक्रबार १७:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार आर्थिक वर्ष २०७८/०७९ काे मौद्रिक नीति सार्वजनिक गर्दै यस्ताे व्यवस्था गरिएकाे बताउनुभएकाे हाे । 

नयाँ व्यवस्थाअनुसार शेयर धितो ऋणको सीमा बढीमा एक संस्था वा व्यक्तिका लागि बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने छैन । शेयरको धितो मूल्याङ्कनको सीमालाई भने ७० प्रतिशतमा यथावत् नै राखिएको छ ।

गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि ढिलो गरी सार्वजनिक भएको हो । 

काेरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । 

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विभिन्न राहतकाे व्यवस्था गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले प्राथमिकता दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया