काेराेनाबाट अति प्रभावित सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण पाइने

 साउन २९, २०७८ शुक्रबार १८:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेनाबाट अति प्रभावित सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गाडी मर्मतका लागि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको हो ।

मौद्रिक नीतिमा कोरोनाबाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मत–सम्भारका लागि बैंक तथा वित्तीय संस्थाले एउटा गाडीलाई दुई लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था छ । 

यस्तै माैद्रिक नीतिमा बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षकाे रूपमा मनाउने लक्ष्य राखेको छ । त्यसका लागि चालु आवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने भएको छ । 

साथै नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विभिन्न राहतकाे व्यवस्था गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले प्राथमिकता दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया