७२ घण्टाभित्र तालिबानले काबुल नियन्त्रण गर्न सक्ने अमेरिकी गुप्तचर निकायको अनुमान्

 साउन ३०, २०७८ शनिबार १७:१०:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – तालिबानले आउँदो ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको सीएनएनले जनाएको छ ।

तालिबान लडाकु राजधानी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको बेला अमेरिका र बेलायतले सेना पठाएर अफगानिस्तानबाट आफ्ना कुटनीतिक कर्मचारी तथा रोकिएका आफ्ना नागरिक लैजान थालेका छन् । अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका संवेदनशील सामग्रीहरु नष्ट गरेको बीबीसीले जनाएको छ । ती सामग्री तालिबानको हातमा पुगेमा प्राेपागान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले त्यस्ता सामाग्री नष्ट गरेको जनाइएको छ ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गर्नुभएको छ । देशका ३४ प्रान्तमध्ये १८ प्रान्त तालिबानी लडाकुको कब्जामा पुगिसकेको बेला आज देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले आफू तत्काल राजीनामा नदिने बताउनुभएको छ ।

अहिले अफगानिस्तान ठूलो संकटमा गुज्रिएको भन्दै घानीले पछिल्लो परिस्थितिबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको समेत बताउनुभयो । तालिबानी लडाकु समूह केन्द्रीय राजधानी काबुलबाट ४० किलोमिटर भन्दा पनि नजिक आइसकेकाे बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया