लेबनानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गयो

 साउन ३१, २०७८ आइतबार ११:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ ।

ट्याङ्कर विस्फाेटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ । 

लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फाेटको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ । 

उहाँले गएको वर्ष बेरुतमा बन्दरगाहामा भएको विस्फाेटको घटनालाई जोड्दै अहिलेका राष्ट्रपति र सरकारी अधिकारीको राजीनामाको माग गर्नु भएको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया