सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

 साउन ३१, २०७८ आइतबार १२:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया