काबुल प्रवेश गर्‍याे तालिबान

 साउन ३१, २०७८ आइतबार १४:३:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् । 

तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएकाे थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ । 

विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले आफ्नो कार्यालय बन्द गरेर विमानस्थलबाटै सेवा सुरु गरेको छ । युरोपियन युनियनका कर्मचारी काबुलको गोप्य ठाउँबाट काम गरिरहेका छन् । 

ग्रामीण क्षेत्रमा प्रभाव जमाइरहेको तालिबान समूह नेटो र अमेरिकी सेना फिर्ता भएपछि सहर केन्द्रित हुन थालेको हो । तालिबान समूहले पछिल्लो डेढ हप्ताको अवधिमा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएकाे हो । 

तालिबानले आफ्ना लडाकुहरूलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगर्न आदेश दिएका रोयटर्सले जनाएको छ । तालिबान नेताले महिलाहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गर्नुका साथै सहर बाहिर निस्कन चाहनेहरूलाई सुरक्षित रूपमा बाहिर जाने व्यवस्था गर्न लडाकुलाई भनेका छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया