बगराम एअरबेस र जेल नियन्त्रणमा लिइएकाे तालिबानकाे दाबी

 साउन ३१, २०७८ आइतबार १७:३:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानकाे विद्राेही समूह तालिबानले बगराम एअर बेस (हवाई आधार) र जेल नियन्त्रणमा लिएकाे दाबी गरेकाे छ । याे राजधानी काबुलकाे बाहिरी क्षेत्र हाे ।  

बगराम हवाई आधार गएकाे महिनासम्म अल–कायदा र तालिबानकाे विरुद्ध लडाइँकाे केन्द्र थियाे । अमेरिकाले अफगानिस्तानमा आफ्नाे २० वर्षसम्म चलेकाे युद्ध यहीँबाट सञ्चालन गरेकाे हाे । 
गएकाे महिना अमेरिकी सैनिक रातारात याे हवाई आधार छाेडेर गएका थिए ।

सन् २००१ डिसेम्बरमा अमेरिकाकाे नेतृत्वमा नेटाे सैनिक काबुल पुगेकाे थियाे । बगराम एक विशाल हवाई आधारका रूपमा विकसित गरिएकाे थियाे जहाँ एक पटकमा १० हजारसम्म सैनिक रहन सक्दथे । 
जर्ज डब्ल्यू बुश, बराक ओबामा र डाेनाल्ड ट्रम्पले आआफ्नाे कार्यकालमा राष्ट्रपति रहँदा बगराम हवाई आधारकाे भ्रमण गरेका थिए ।   

बगराम हवाई आधारमा बनेकाे अमेरिकी जेल कैदीहरूसँग गरिने दुर्व्यवहारका लागि कुख्यात भएकाे थियाे । यसकाे तुलनामा क्युबामा अमेरिकी सेनाकाे जेल ग्वान्टेनामाेसँग गरिन्थ्याे । 

याे जेल अमेरिकाले बनाएकाे थियाे तर सन् २०१३ मा अफगानिस्तानलाई हस्तान्तरण गरिएकाे थियाे । 

तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया