झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानलाई कब्जामा लिएपछि विश्वको ध्यान त्यतै केन्द्रित भएको छ ।
२० वर्षदेखि त्यहाँ रहेका आफ्ना सैनिक अमेरिकाले फर्काएसँगै ग्रामीण क्षेत्रमा मात्रै सीमित तालिबानले सहर केन्द्रित आक्रमण थालेको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई लिएर राष्ट्रपति जो बाइडेनको आलोचना गर्नु भएको छ ।
उहाँले बाइडेनको राजीनामा मानु भएको छ । ट्रम्पले भन्नु भएको छ, ‘अफगानिस्तानको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्दछ ।’ ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने पनि दाबी गर्नु भएको छ ।
तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहित शीर्ष नेताले देश छोडेका छन् । काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा काबुल छोड्नेहरुको भीड बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।