काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

 साउन ३२, २०७८ सोमबार १३:५७:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।  

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया