‘सहकारीले १८ प्रतिशतसम्म ब्याज लिएर उठीबास लगाएको सुनेको छु, सुधार्नु होला’

 साउन ३२, २०७८ सोमबार १५:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिनु हुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै उहाँले सोध्नुभयो, ‘तपाईँहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’ उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूलाई आग्रह गर्नुभयो ।

‘तपाईँहरूका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसका लागि म तयार छु’, मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँहरूले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।’ 

सहकारीहरूले गरिब नागरिकले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीहरूले नागरिककाे पैसा ठगेर उठीबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ ध्यान दिन नेफ्स्कुनलाई आग्रह गर्नुभयो । उहाँले सहकारीका संस्थापकहरूले नै नागरिककाे सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिलेसम्म स्थिरिकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत सङ्घमार्फत सात हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेका छन् ।  देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आबद्ध रहेका नेफ्स्कुनले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • raju kc

    Aug. 20, 2021, 3:12 p.m.

    ठीक हो , तर मलाई त लुम्बिनी बिकाश बैंकले १६.९७ लगाएको छ के गर्ने ?? मसंग भुक्तानी तालिका नै छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया