तालिबानले काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थाल्यो

 साउन ३२, २०७८ सोमबार १७:४:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – तालिबानका एक अधिकारीले उनको समूहले अफगानिस्तानको राजधानी काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थालेको बताएका छन् । अब नागरिकलाई आफ्नो सुरक्षाका लागि यसको आवश्यक नभएको तालिबान अधिकारीले बताएका छन् । 

बीबीसीको अरबी सेवाका अनुसार तालिबानका एक अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्दै आएका थिए । अब उनीहरू सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ सर्वसाधारणलाई नोक्सान पुर्याउन आएका होइनौँ ।’  

तालिबानका हतियारधारी लडाकु सोमवार स्थानीय टीभी च्यानल टोलो न्युजको भवन पुगेर त्यहाँका सुरक्षाकर्मीको हतियार लिएका थिए । 

टोलो न्युजले एक ट्वीट गर्दै भनेको छ, ‘तालिबान काबुलमा रहेको हाम्रो भवनमा आए, हाम्रा सुरक्षाकर्मीबारे हतियारको बारेमा सोधे । हामीलाई सरकारले दिएको हतियार फिर्ता लिए र हामीलाई सुरक्षित राख्ने वचन दिएका छन् ।’

आफ्नो टीभी च्यानल विना कुनै रोक चलिरहेको र सबै कर्मचारी सुरक्षित भएको टोलो न्युजले बताएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया