तालिबानले सरकारी कर्मचारीलाई ‘माफी’ दिँदै भन्याे– ‘ढुक्क भएर काममा फर्किनुस्’

 भदौ १, २०७८ मंगलबार १५:२५:२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे/एजेन्सी

काठमाण्डाै – तालिबानले सबै सरकारी कर्मचारीलाई ‘आममाफी’ दिने घोषणा गर्दै उनीहरूलाई ढुक्क भएर काममा फर्कन आग्रह गरेको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति निकालेर भनेको छ, ‘सबैका लागि आममाफी घोषणा गरिएको छ, यस कारण तपाईँ सबै ढुक्क भएर नियमित काम सुरु गर्न सक्नुहुनेछ ।’

अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारी तालिबानले बदला लिनेछ भनेर डराइरहेका बेला यस्तो घोषणा आएको हो ।   

तालिबानलाई अति नै क्रुर सजाय दिने समूहका रूपमा चिनिन्छ र उनीहरूमाथि युद्ध अपराध गरेको आरोप लागे पनि उसले खण्डन गर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया