तालिबानका सह-संस्थापक बरादर सत्ताको नेतृत्व गर्न अफगानिस्तान फर्किए

 भदौ २, २०७८ बुधबार १२:२३:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ​तालिबानका सह-संस्थापक अफगानिस्तान फर्किएका छन् । तालिबानका नेता तथा सह-संस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान गएका हुन् । कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए ।

तालिबानले गएको आइतबार काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएका हुन् । उनलाई अबकाे अफगानिस्तानका राष्ट्रपति हुने अनुमान गरिएकाे छ । कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया