काबुल विमानस्थलमा आइतवारयता १२ जनाकाे ज्यान गयाे : तालिबान अधिकारी

 भदौ ३, २०७८ बिहीबार १५:१९:३० | एजेन्सी
unn.prixa.net

एलेक्स म्याचेरसकाे ट्विटरबाट

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गएको आइतवारयता १२ जनाको ज्यान गएको तालिबानका एक अधिकारीले बताएका छन् । 

विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको ज्यान गएको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् । 

साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन ।’

यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गएको र त्यसबारेमा जाँच भइरहेको बताएको थियो । तर उसले ज्यान गुमाउनेको सङ्ख्या बताएको थिएन । 

अगस्ट १५ आइतवारका दिन तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि धेरै सङ्ख्यामा अफगान नागरिक त्यो ठाउँ छाडेर बाहिर जान खोज्दा विमानस्थलमा निकै भिड बढेको थियो । यही कारण त्यहाँ भागदौडको स्थिति बनेको थियो ।

त्यही दिन सयौँ नागरिक काबुल विमानस्थलभित्र गएका थिए र केही व्यक्ति त अमेरिकी विमानको पाङ्ग्रा र पङ्खामा चढेको पनि तस्बिर सार्वजनिक भएको थियो । साथै केही व्यक्ति उडिरहेको विमानबाट खसेको भिडियो पनि सार्वजनिक भएको थियो । 

त्यसपछि अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको थियो । अहिले पनि विमानस्थलमा अमेरिकी सेना तैनाथ छन् र विमानस्थलसम्म पुग्ने सडकमा तालिबान लडाकु गस्ती गरिरहेका छन् ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया