काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – देशभरका सात सय ५३ पालिकामध्ये सात सय ५० पालिकामा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पुर्याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती पालिकामा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार नाै सय ७८ पुगेको छ ।
प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार आठ सय ४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा ती अध्ययन गरिएको जनाएको छ । वित्तीय साक्षरताको प्रवर्द्धन, शाखा विस्तार, शाखारहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।
निक्षेप खातामा महिलाको हिस्सा बढी
केन्द्रीय बैंकका अनुसार कुल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ । कुल निक्षेप खाता ६७ दशमलव ७ प्रतिशत खाता सक्रिय छन् । त्यसमा पुरुषको हिस्सा ६५ दशमलव २ प्रतिशत र महिलाको हिस्सा ७२ दशमलव ३ प्रतिशत रहेको छ । कुल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९० दशमलव ६ प्रतिशत रहेको छ । यस्तै मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ । ग्रामीण क्षेत्रका नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको छ । व्यक्तिगत खातामा ९६ दशमलव १५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ ।
केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६० दशमलव ९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।
प्रतिहजार व्यक्ति नाै सय ९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति एक हजार तीन सय १४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६ सय ८७ खाता रहेका छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति एक हजार आठ सय दुई र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति चार सय ५८ खाता छन् । महानगरमा प्रतिहजार व्यक्ति तीन हजार दुई सय ९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति दुई सय ५१ खाता छन् ।
प्रति एक लाख जनसङ्ख्यालाई सेवा पुर्याउने बैंकका शाखा सङ्ख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको छ । याे सङ्ख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३० दशमलव २५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९ दशमलव ७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसङ्ख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत
केन्द्रीय बैंककाे अध्ययनअनुसार मोबाइल प्रयोगकर्ताको सङ्ख्या ३२ दशमलव ०३ प्रतिशत छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २० दशमलव ३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत मात्रै छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन् ।
त्यसमा एटीएम २६ दशमलव ११, मोबाइल बैंकिङ ३३ दशमलव १२ र इन्टरनेट बैंकिङ ६ दशमलव ४० प्रतिशत छन् । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४ दशमलव ५० प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं २ मा सबैभन्दा कम २७ दशमलव ०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ० दशमलव ५२ प्रतिशत छन् ।
महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७ दशमलव २८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६ दशमलव ४८ प्रतिशत छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १० दशमलव ६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १ दशमलव ०८ प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३ दशमलव ३६ प्रतिशत छ ।
उमेरगत हिसाबमा २० वर्ष उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको देखिन्छ । सो उमेरभन्दा माथि प्रविधिको प्रयोग अध्ययनअनुसार कम देखिन्छ । युवापुस्तामा प्रविधिको प्रयोग उच्च रहेका हुँदा आउँदा दिनमा प्रविधिको माग थप बढ्दै जाने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।