ग्लोबल आइएमई बैंकद्वारा 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन

 भदौ ५, २०७८ शनिबार ८:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आइएमई बैंक लिमिटेडले 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन गरेकाे छ। 

महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन सङ्घसँगको समन्वयमा 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियानको सञ्चालन गरिएकाे बैंकले जनाएकाे छ । 

यस अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकामा रहेकाे सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको हाे । 

यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धति बचत खाता सञ्चालनमा ल्याएकाे थियाे । याे अभियान अन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्त्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका लागि प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बै‌ंकले लिएकाे छ । 

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरि बैंकले विभिन्न सङ्घ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया