अफगानिस्तानमा सरकार गठनका लागि तालिबानका सह–संस्थापक बरादर काबुलमा

 भदौ ५, २०७८ शनिबार १५:३९:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा नयाँ सरकार गठनका लागि तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुग्नुभएको छ ।

समावेशी सरकार गठनका लागि तालिबानी नेता बरादरले काबुलको जिहादी नेता तथा अरु मानिसहरुसँग छलफल थालेका तालिबानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१० मा पाकिस्तानबाट पक्राउ परेका मुल्ला गनी बरादरलाई सन् २०१८ मा कतार पठाइएको थियो । दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुख नियुक्त गरिएका बरादर गएको मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार पुग्नुभएको थियो ।

कान्दहारलाई तालिबानको जन्मस्थल मानिन्छ । कान्दहारमा रहेका बरादर सरकार गठनका लागि आज काबुल पुग्नुभएको बीबीसीले जनाएको छ । तालिबानले यस पटक महिला समेतको सहभागीतामा समावेशी सरकार गठन गरी छात्राहरुले पढ्न पाउने लगायतका व्यवस्था सहित यस अघिको भन्दा भिन्न शासन प्रणाली अपनाउने बताएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया