अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

सञ्चारमाध्यमलाई दबाब  र प्रभावमा नराख्ने तालिबानको प्रतिबद्धता

 भदौ ६, २०७८ आइतबार १२:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो ।

यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ ।

केही दिन अघि अमेरिकी सैनिक  र अफगानिस्तान सरकारलाई सहयोग गरेकाहरूलाई तालिबानले खोजी गरिरहेको खबर सार्वजनिक भएको थियो । यसैबीच, तालिबानले सञ्चारमाध्यमलाई दबाब  र प्रभावमा नराख्ने प्रतिबद्धता जनाएको छ । सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध राख्न समिति नै गठन गर्ने तालिबानले जनाएको छ । समितिमा तालिबानका एक प्रतिनिधि, मिडिया प्रोटेक्शन एसाेसिएशनका प्रमुख र काबुल प्रहरीका एक अधिकारी हुनेछन् ।  

तालिबानको कब्जामा आएसँगै अफगानिस्तानमा पत्रकारका लागि चुनौती बढेको विश्लेषण गरिएको छ । त्यहाँका केही पत्रकार महिलालाई रिपोर्टिङको कामका लागि रोक लगाइएको थियो । तालिबानले आफ्नो शासन पहिले भन्दा फरक हुने बताउँदै आएको छ । 

उसले सरिया कानुन अनुसार महिलालाई काम गर्न दिने बताउँदै आएको छ । यस्तै, तालिबानले निश्चित शर्तमा विदेशी सञ्चारकर्मी र पत्रकारलाई काम गर्न दिने बताएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया