तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना
जेठ २४, २०८० बुधबार
काठमाण्डौ – काबुल विमानस्थल नजिकै भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्यान गएको छ ।
आज तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् । यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्यान गएको बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
मन्त्रालयले काबुलका विमानस्थलको भिडमा ज्यान गुमाउने सात जनाका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ । अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई लागू गर्ने विषयलाई लिएर त्यहाँका नागरिक डराएर देश छोड्न लागिपरेका छन् । अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै दैनिक हजारौँको संख्यामा अफगानीहरुले विभिन्न देशमा शरण लिइरहेका छन् ।
#UPDATES Seven Afghan civilians have died in the chaos near Kabul airport, the British defence ministry says
— AFP News Agency (@AFP) August 22, 2021
"Our sincere thoughts are with the families of the seven Afghan civilians who have sadly died in crowds in Kabul," a ministry spokesperson says pic.twitter.com/SSiVfLeJ7R