काबुल विमानस्थलमा आइतवारयता २० जनाकाे ज्यान गयाे : रिपाेर्ट

 भदौ ६, २०७८ आइतबार २०:३०:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – तालिबानले गएकाे आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे नेटाेका एक अधिकारीले समाचार एजेन्सी राेयटर्सलाई बताएका छन् । 

ती अधिकारीले भनेका छन्, ‘काबुल विमानस्थलबाहिरकाे अवस्था खराब छ । हामी सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट बाहिर निकाल्न केन्द्रित छाैँ ।’   

‘​तालिबानसँगकाे कुनै पनि झडपबाट बच्नका लागि हाम्राे सुरक्षा बलले काबुल विमानस्थलकाे बाहिरी क्षेत्रदेखि दुरी बनाएकाे छ’, उनले थपेका छन् । 

बेलायती रक्षा मन्त्रालयले यसअघि विमानस्थलबाहिर सात अफगान नागरिककाे ज्यान गएकाे बताएकाे थियाे तर आधिकारिक विवरण दिएकाे थिएन । 

बेलायती रक्षा उपसचिवले नागरिकलाई त्यहाँबाट बाहिर निकाल्ने प्रक्रियालाई तीव्रता दिइएकाे घाेषणा गरेका थिए । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया