काबुल विमानस्थलमा गाेली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गयो

 भदौ ७, २०७८ सोमबार १४:१६:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । 

पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए । 

तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल हिजो आइतवार केही व्यवस्थित भएकोमा आज फेरि गोली चलेको हो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि भएको गोली हानाहान तथा भागदौड र हवाई जहाजबाट खसेर कम्तीमा २० जनाको ज्यान गइसकेको रोयटर्सले जनाएको छ । 

यसैबीच अफगानिस्तानको समस्याबारे छलफल गर्न भोलि मङ्गलवार जी–७ का नेताहरूको आपत्कालीन बैठक बस्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको छलफलपछि भाेलि आपत्कालीन बैठक बस्ने तय भएको बीबीसीले जनाएको छ ।

बैठकमा अफगानिस्तान समस्या समाधानका लागि समान धारणा बनाइ संयुक्त पहल गर्ने बारेमा छलफल हुने बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया