अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पाेलियाे खाेप दिइने

 भदौ ७, २०७८ सोमबार १६:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । 

अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप दिने विभागले जनाएको छ ।  

नेपालमा अहिले पाँच वर्षमुनिका बालबालिकालाई मात्रै पोलियो खोप खुवाइँदै आइएको छ । अफगानिस्तानबाट फर्किएका भने सबै उमेर समूहकालाई खाप दिइने विभागले जनाएको छ ।

भारतले पनि अफगानिस्तानबाट फर्किएकाहरूलाई हिजाे आइतवारदेखि पोलियोविरुद्धको खोप खुवाउन थालेको थियो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया