कोरोना महामारीका बेला भ्रष्टाचार गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय

 भदौ ७, २०७८ सोमबार १७:५२:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : काेम्पास टीभी

काठमाण्डाै – कोरोना महामारीका बेला गरिब परिवारका बालबालिकालाई खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय तोकिएको छ ।

पूर्वमन्त्री जुलिआरी बटुबाराले गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै अदालतले १२ वर्षको जेल सजाय तोकेको समाचार संस्था एएफपीले जनाएको छ ।   

जाकार्ता अदालतले पूर्व सामाजिक मामिला मन्त्री बटुबाराले अनियमितता गरेको पर्याप्त प्रमाण रहेको जनाएको छ । उहाँलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिबाना तिराउनसमेत अदालतले आदेश दिएको छ ।

अनियमितताको आरोप लागेपछि पूर्वमन्त्री बटुबारालाई प्रहरीले गएको डिसेम्बरमा पक्राउ गरेको थियो । राष्ट्रपति जोको विडोडोले नागरिकको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताउनुभएको छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया