सन् २०२१ काे विश्व जनसङ्ख्या 'तथ्याङ्क पत्र' जारी

 भदौ ७, २०७८ सोमबार १९:४९:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : पीआरबी डट ओआरजी

काठमाण्डाै – काेभिड–१९ सम्भवतः विश्वका केही देशमा कच्चा मृत्यु दरमा वृद्धि र संयुक्त राज्य अमेरिकामा जीवन आशामा गिरावटकाे कारण भएकाे एक अध्ययनले देखाएकाे छ । प्रजनन दरमा महामारीकाे प्रभाव अझै पनि निकै हदसम्म थाहा नभएकाे अध्ययनले भनेकाे छ । यस्तै विश्वकाे जनसङ्ख्या सन् २०५० सम्म ९ अर्ब ७० कराेडसम्म पुग्ने सम्भावना छ र याे सन् २०२० काे तुलनामा झन्डै २४ प्रतिशतले बढी भएकाे बताइएकाे छ । 

यी पीआरबीकाे २०२१ विश्व जनसङ्ख्या डाटा शीट (तथ्याङ्क पत्र) काे केही प्रमुख निष्कर्ष हुन् । जसमा पीआरबीका जनसाङ्ख्यिकीय विशेषज्ञहरूले केही देशमा विश्वसनीय तथ्याङ्का कारण जनसङ्ख्याकाे प्रवृत्तिमा काेभिड–१९ काे प्रभावकाे आकलन गर्न अहिले पनि हतार हुने चेतावनी दिएका थिए । 

विश्वकाे जन्म र मृत्यु दरमा काेभिड–१९ महामारीकाे प्रभाव अस्पष्ट, केही देशमा विश्वसनीय तथ्याङ्ककाे अभाव

तर महत्त्वपूर्ण तथ्याङ्क दर्ता प्रणालीमा आएकाे बाधाले केही देशमा काेभिड–१९ मृत्युलाई कम गर्न याेगदान दिएका छन् । के महामारीबाट प्रभावित प्रजनन निर्णयहरू प्रजनन क्षमतामा असर पर्न सक्छ भन्नेबारेमा चाहिँ आकलन गर्न कठिन छ ।

संयुक्त राज्य अमेरिकामा जन्मकाे समय जीवन आशा दुवै लिङ्गकाे घटेकाे छ । यूएस सेन्टर फर डिजिज कन्ट्राेलका अनुसार महिलाका लागि ८१ दशमलव ४ वर्षदेखि ८० दशमलव २ वर्ष, पुरुषका लागि ७६ दशमलव ३ देखि ७४ दशमलव ५ सम्म घटेकाे तथ्याङ्कले देखाउँछ । 

सन् १९६२ देखि बर्सेनि प्रकाशित हुँदै आएकाे पीआरबीकाे विश्व जनसङ्ख्या डाटा शीटले दुई सयभन्दा धेरै देश र क्षेत्रका लागि जनसाङ्ख्यिकीय सङ्केत प्रदान गर्दछ । जसमा जन्म र मृत्यु दर, जीवन आशा र अन्य महत्तवपूर्ण जनसङ्ख्या सङ्केत समावेश हुन्छ ।

सन् २०२१ काे डाटा शीटले प्रजनन क्षमताकाे ढाँचा र प्रवृत्ति र विश्वलाई प्रभावित गर्ने तिनकाे क्षमतामा जाेड दिएकाे छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया