प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

 भदौ ८, २०७८ मंगलबार १४:२३:२१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो ।

दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङकाे दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाकाे निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।  

स्रेस्तेदार गिरीका अनुसार यही भदाै ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया