तालिबानले भन्याे– अगस्ट ३१ काे 'डेडलाइन' बढाइने छैन

 भदौ ८, २०७८ मंगलबार २०:११:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : ९२ न्युज एचडी प्लस

काठमाण्डाै – तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले काबुलबाट विदेशी नागरिक बाहिर जाने मिति थप गर्न नसकिने बताएका छन् । अहिले तालिबानले विदेशी नागरिकलाई काबुलबाट बाहिर जान यही अगस्ट ३१ सम्मकाे समयसीमा (डेडलाइन) दिएकाे छ ।

तालिबान प्रवक्ताले भने– ‘अगस्ट ३१ काे डेडलाइन बढ्छ भन्ने मलाई लाग्दैन ।’ विदेशी नागरिकलाई निर्धारित मिति समाप्त हुनुभन्दा अघि नै काबुलबाट निस्किन पर्याप्त समय भएकाे प्रवक्ता मुजाहिदले बताएका छन् । 

अमेरिका र सहयाेगी देशहरूले भने अगस्ट ३१ सम्म सबै मानिसलाई काबुल बाहिर लैजान कठिन हुने बताएका छन् । जी–७ देशकाे मङ्गलवार हुन लागेकाे बैठकमा पनि यसबारेमा कुराकानी हुनेछ । बैठक बस्नुअघि तालिबानले आफ्नाे धारणा बताएकाे हाे । 

तालिबानले अफगानिस्तानका कुनै पनि नागरिक देश छाडेर बाहिर जाओस् भन्ने नचाहेकाे प्रवक्ता मुजाहिदकाे भनाइ छ । अमेरिका र सहयाेगी देशलाई सहयाेग गर्ने अफगानी नागरिक तालिबानले काबुल नियन्त्रणमा लिएपछि देश छाडेर जान चाहिरहेका छन् ।  

नाै दिनअघि तालिबानले काबुल नियन्त्रणमा लिएयता अहिलेसम्म विदेशी र अफगान नागरिक गरी झन्डै ५० हजार जना काबुल विमानस्थलबाट बाहिरिएकाे बीबीसीले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया