इस्लामिक स्टेटको जोखिमबारे जी सेभेन बैठकमा छलफल

 भदौ ९, २०७८ बुधबार ९:२८:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको छ । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको हो ।

अमेरिकासहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत सम्मिलित जी सेभेन समूहका शीर्ष नेताहरूले भर्चुअल बैठकमा अफगान सुरक्षा मामिलालाई केन्द्रमा राखेर छलफल गरेका बीबीसीले जनाएको छ । स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा चलिरहेको उद्धारको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिनुभएको छ । सकेसम्म आउँदो अगष्ट ३१ को समयसीमाभित्र नै सम्पन्न भइसक्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । दश दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ । बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उद्धार कार्य जारी राख्नुपर्नेमा जोड दिनुभएको छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया