तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

 भदौ ९, २०७८ बुधबार १४:१९:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला भएको छ । आज बुधवारदेखि बिक्री खुला भएको आईपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।यदि यस अवधिसम्म मागअनुसारकाे आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रुपैयाँ एक सय अङ्कितका दरले आठ लाख कित्ता शेयर निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्कासन गरेपछि कम्पनीले सर्वसाधारणका लागि आठ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी २८  करोड रुपैयाँ रहेको छ । स्थानीयवासीलाई चार करोड रुपैयाँ र सर्वसाधारणलाई आठ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आईपीओमा आवेदन दिन सक्नेछन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया