सुरक्षा चुनौती बढेकाे भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

 भदौ १०, २०७८ बिहीबार ९:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् । 

उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ । 

काबुल विमानस्थलमा हजारौँ नागरिक उद्धारको पर्खाइमा बसिरहेका बेला दुई देशले सुरक्षा चुनौती सम्बन्धी चेतावनी निकालेका हुन् । 

अमेरिका र बेलायतले सुरक्षा चुनौतीबारे कुनै थप जानकारी भने दिएका छैनन् । यसअघि अमेरिकाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट आइएसका कारण सुरक्षाको चुनौती बढेको बताएको थियो । 

काबुलबाट अहिलेसम्म ८२ हजारभन्दा धेरैको उद्धार भइसकेको छ । तालिबानले आउँदो ३१ तारिखसम्म मात्रै उद्धारका लागि अनुमति दिने बताएको छ । अमेरिकाले सकेसम्म तोकिएको अवधिमा उद्धार सक्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया