गएको वर्ष घिउ–तेलमा १७ प्रतिशत मूल्य वृद्धि, ज्याला भने साढे एक प्रतिशतमात्रै बढ्यो

 भदौ १०, २०७८ बिहीबार १६:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालमा तीन दशमलव ६० प्रतिशतले मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गएको आर्थिक वर्ष समग्रमा उपभोक्ता मूल्य वृद्धि साढे तीन प्रतिशतभन्दा धेरै कायम भएको हो । 

तर घिउ तथा तेलको मूल्य साढे १७ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ५४ प्रतिशत, सुर्तीजन्य पदार्थको नौ दशमलव ८३ र यातायात उपसमूहको वार्षिक औसत मूल्य वृद्धि ६ दशमलव ४१ प्रतिशत रहेको छ । यद्यपि बजार मूल्य वृद्धि अनुसार कर्मचारी तथा मजदुरको तलब भने बढेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क १ दशमलव ६० प्रतिशतले मात्रै वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सूचकाङ्क ९ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो । गएको वर्ष ज्यालादर सूचकाङ्क ३ दशमलव ५६ प्रतिशतले वृद्धि भएकोमा तलब सूचकाङ्क यथावत् रहेको छ ।   

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया