सात सय ५० पालिकामा बैंकका शाखा, यी हुन् बैंक नपुग्ने तीन वटा पालिका

 भदौ १०, २०७८ बिहीबार १७:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरका सात सय ५३ पालिकामध्ये सात सय ५० पालिकामा वाणिज्य अर्थात् 'क' वर्गका बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि नै सबै पालिकामा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने लक्ष्य राखेपछि अझै तीन वटा पालिकामा शाखा पुग्न सकेका छैनन् । गएको वर्षको असारमा सात सय ४७ पालिकामा शाखा पुगेकोमा यो वर्षको असारमा सात सय ५० वटामा पुगेको हो ।

अब धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको सैपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

नेपालमा २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ७० वटा लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । यी बैंक तथा वित्तीय संस्थाका १० हजार ६ सय ८३ वटा शाखा रहेका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया