थप २ हजार ४ सय ३३ जनामा काेराेना सङ्क्रमण, १ हजार ९ सय २९ जना निकाे

 भदौ १०, २०७८ बिहिबार १७:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  पछिल्लो २४ घण्टामा दुई हजार चार सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन सय ७४ जनामो नमुना परीक्षण गर्दा दुई हजार चार सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ । 

यस्तै २४ घण्टामा एक हजार नौ सय २९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख पाँच हजार आठ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ । 

यही अवधिमा सङ्क्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ । 

अहिले नेपालमा ३८ हजार तीन सय ८४ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र एक सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया