नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ ।
यो गएको वर्षको साउनको तुलनामा ७५ दशमलव ६६ प्रतिशतले धेरै हो । डेढ खर्ब रुपैयाँको आयात भए पनि साउन महिनामा निर्यात भने २० अर्ब ७६ करोड रुपैयाँको मात्रै भएको छ । तर गएको वर्षको साउनको तुलनामा निर्यात एक सय १५ प्रतिशतले बढेको छ ।
साउनमा व्यापार घाटा एक खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको साउन महिनाको भन्दा ७० दशमलव ५९ प्रतिशतले धेरै हो । साउन महिनामा नेपालमा ६ अर्ब ७० करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ ।
यस्तै एकै महिनामा चार अर्ब ११ करोड रुपैयाँको तरकारी, तीन अर्ब २० करोड रुपैयाँको फलफूल र एक अर्ब १८ करोड रुपैयाँको चिया/कफी आयात भएको छ । साउनमा तीन अर्ब १९ करोड रुपैयाँको औषधि आयात भएको छ । एकै महिनामा १० अर्ब १४ करोड रुपैयाँका गाडी, पाटपुर्जा, रेलका उपकरण र १२ अर्ब २३ करोड रुपैयाँका विद्युुतीय र मेशिनरी सामानको आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।