अवैध पार्किङ तथा निर्माण सामग्री हटाउन महालक्ष्मी नगरपालिकाको सूचना

 भदौ ११, २०७८ शुक्रबार २०:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ ।

ग्वार्को–लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो आइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग्री हटाउन आग्रह गरेको हो । 

नगरपालिकाको आग्रहलाई बेवास्ता गरेमा पार्किङ गरेका सवारी साधन र निर्माण सामग्री हटाउने र त्यसबापतको खर्च सम्बन्धित धनीबाटै भराउने नगरपालिकाले चेतावनी दिएको छ । महालक्ष्मी नगरपालिकामा पर्ने ग्वार्को–लुभु–लामाटार सडकमा पार्किङ र निर्माण सामग्रीले आवागमन प्रभावित हुँदै आएको छ भने सडक नै कुरुप बनाएको छ । 

नगरपालिकाभित्रका सबैजसो भित्री सडकमा भएका खाल्डाखुल्डी तथा हिलो र धुलोले नागरिक हैरान भएका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया