रोनाल्डो युनाइटेड फर्किने पक्का, सम्झौताका लागि स्वास्थ्य परीक्षण हुँदै

 भदौ ११, २०७८ शुक्रबार २२:१६:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : बी/आर फुटबल

काठमाण्डौ - म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन युभेन्टससँग सम्झौता गरेको छ ।

क्रिस्टियानो रोनाल्डोलाई स्थानान्तरण गर्न युभेन्टस सहमत हुँदा निकै खुसी लागेको युनाइटेडले जनाएको छ । यो व्यक्तिगत सर्त, भिसा र मेडिकल सम्झौतामा अधिन छ । 

स्वास्थ्य परीक्षणपछि रोनाल्डो औपचारिक रूपमा युनाइटेडमा आबद्ध हुनेछन् ।

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म करिअरमा ३० भन्दा धेरै प्रमुख ट्रफी जितेका छन् ।

म्यानचेस्टर युनाइटेडका लागि आफ्नो पहिलो स्पेलमा रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका छन् ।

रोनाल्डोलाई फेरि भित्र्याउन क्लबका सबै उत्सुक छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया