काबुल विमानस्थल नजिकै विस्फाेट

 भदौ १३, २०७८ आइतबार १९:२२:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काबुल विमानस्थल नजिकै ठूलाे विस्फाेटकाे आवाज सुनिएकाे विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पाेस्ट गरिएका तस्बिरमा धुँवाकाे कालाे मुस्लाे देखिएकाे बीबीसीले जनाएकाे छ । 

अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फाेट भएकाे पुष्टि गरेकाे छ । विस्फाेटमा के–कति क्षति भयाे भन्नेबारेमा भने विवरण प्राप्त भइसकेकाे छैन । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति जाे बाइडेनले विस्फाेट हुन सक्ने चेतावनी दिइरहँदा काबुल विमानस्थल नजिकै विस्फाेट भएकाे हाे ।

यसअघि बिहीवार पनि काबुल विमानस्थलबाहिर विस्फाेट भएकाे थियाे । त्याे विस्फाेटमा एक सय ७० जनाभन्दा बढीकाे ज्यान गएकाे थियाे । त्यस विस्फाेटमा डेढ सयभन्दा धेरै घाइते भएका थिए । 

बिहीवारको विस्फोटको जिम्मा इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट–केले लिएको छ । काबुल विमानस्थलमा भएको आक्रमणको जवाफमा अमेरिकाले अस्ति शुक्रवार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । आक्रमणमा आईएस–केका दुई जना सदस्य मारिएका र उनीहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार रहेको अमेरिकाले बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ ।

बेलायतले भने आफ्ना सैनिक, कुटनीतिक अधिकारी तथा अरू नागरिकलाई स्वदेश फर्काइसकेको छ । तालिबानले काबुल कब्जा गरेपछि विदेशी तथा अफगानीसमेत गरी एक लाख १० हजारभन्दा धेरै मानिस बाहिरिएका बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया