अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिबान प्रवक्ता

 भदौ १५, २०७८ मंगलबार २०:१९:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिउल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको घोषणा गरे ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलवार हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट संवाददातासँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ ।

‘अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम देश हो भन्नेमा हामीलाई कुनै शङ्का छैन’, उनले भने ।

अमेरिकीहरूले सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दाबी गर्दै आउँदा दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कुटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए । 

अफगानीहरूले आफ्नो स्वतन्त्रता, र इस्लामी मूल्य–मान्यताको रक्षा गर्ने उनले बताए । अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलवार अमेरिकी समयअनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया