भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप, बालबालिकालाई बढी असर

 भदौ १६, २०७८ बुधबार ८:१२:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । डाक्टरहरुले यसलाई रहस्यमय भाइरलको नाम दिएका छन् ।  

उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् ।

ज्यान गुमाएकाहरुमा कोराेनाको संक्रमण नभएको पनि भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बिरामी बढ्दै गएपछि उत्तर प्रदेशका अस्पतालमा बेडको अभाव हुन थालेको छ ।  एउटै बेडमा दुई, तीन जना बिरामी राखेर उपचार गर्न थालिएको छ । भाइरल ज्वरोका बिरामीलाई निको हुन पनि १० देखि १२ दिन लाग्ने गरेको डाक्टरहरुले बताएका छन् ।

बिरामी बढ्दै गएपछि ग्रामीण क्षेत्रमा डाक्टरसहितको टोली परिचालन गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया