अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सेना फिर्तीको बचाउ

 भदौ १६, २०७८ बुधबार १०:०:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता गरेको निर्णयको बचाउ गर्नु भएको छ । तालिबानसँग नसकेर अमेरिका पछि सर्याे भन्ने आराेप लागिरहेकै बेला राष्ट्रपति बाइडेनले त्यसकाे बचाउ गर्नुभएकाे हाे ।

उहाँले अफगानिस्तानमा लामो समय बस्नुकाे अब कुनै महत्व नरहेकाले सेनालाई फिर्ता बोलाएको बताउनु भएको छ । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा धेरैको उद्धारका लागि विमानको व्यवस्थापन गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

यस्तै, उहाँले देश फर्किन चाहने र अझै पनि अफगानिस्तानमै रहेका झण्डै २ सय अमेरिकी नागरिकको उद्धारका लागि प्रयास जारी राख्ने बताएका बीबीसीले जनाएको छ । अमेरिकीसहितका नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया